“फुल्नुपर्छ देश”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा

रङ्गिचङ्गी वागजस्तै,फुल्नुपर्छ देश,
बाँझाे धर्ति हराभरा,झुल्नुपर्छ देश

म त जाल देख्छु म त,पत्र घाेषणाका,
हिमालदेखि तराईमन,घुल्नुपर्छ देश

सुदुर र दुर्गमका,बुझ पीडा नाना,
सहरमा भाषण हैन,डुल्नुपर्छ देश

झाेला बाेक्दै परदेश,दिक्कवाक्क आमा,
कवच हैन मुटु भित्र,हुल्नुपर्छ देश

के फल्दैन के फुल्दैन,नेपाल भूस्वर्गमा,
निकास र विकासमा,खुल्नुपर्छ देश।

,