
प्रमाेद नेपाल
नफाली समय खेर
उपयाेग गर्ने गर
नानीबाबु तिमीले
नमानेर डर।
किताबी किरा न भै
बुझेर पढ्नु
जीवनको उकाली लाग्दै
शिखर चढ्नु।
दुःखमा परेकालाई
सहयाेग गर्नु
अरूकाे आरिस नगरी
सन्ताेषी हुनु।
असल बानी सिकेर
राम्राे काम गर्नु
साथी संगीबीच
उदाहरण नै बन्नु।





