“ज्योति”


ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

रोक्नु हुन्न पाइला साथी!
चाल्लौँ अघि पाउ
लाग्न सक्छ यात्रामा
अनेकौँ ती घाउ
रोक्नु हुन्न… .।
फेर्नुपर्छ हामी सबले
खराब आनीबानी
उठाउँनुछ शिर देशको
बनी स्वाभिमानी
रोक्नु हुन्न….. .।
बाटो मोडे भेटिँदैन
सुन्दर–सुन्दर मोती
गन्तव्य भेटेपछि
बल्छ आफैँ ज्योति
रोक्नु हुन्न….।