गुरु 


हेमराज अधिकारी

सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले जीवन दिनुहुन्छ, तर जीवनको उद्देश्य चिनाउने गुरुले मानिसलाई मानव बनाउनुहुन्छ।
शास्त्रमा भनिएको छ, “गु” भनेको अन्धकार र “रु” भनेको त्यसको नाश गर्ने शक्ति। त्यसैले गुरु त्यो ज्योति हुनुहुन्छ, जसले अज्ञान, अहंकार र भ्रमको आवरण हटाएर सत्यको अनुभूति गराउनुहुन्छ।
यस गुरु पूर्णिमामा गुरुलाई आफ्नो सदाचार, विनय र सत्कर्म अर्पण गरौँ। किनकि गुरुदक्षिणाको सर्वोच्च रूप भनेकै उहाँले देखाएको मार्गमा दृढतापूर्वक हिँड्नु हो।
सम्पूर्ण गुरुजनप्रति श्रद्धाभाव, कृतज्ञता र सादर प्रणाम।