
आशिष चाैधरी “अजनबी”
बर्दिया
बगैँचामा फूल फुल्दै खेल्दै हुर्किएका फूलहरू
रङ्गीचङ्गी रङ्गहरू छर्दै हाँस्दै फुलेका फूलहरू
कलिला त्यी काेपिलाहरू नटिप्नु है नानीबाबु
फुलेकाे फूलहरू नटिप्नु नचुँड्नु श्राप लाग्छ है।
रातो पहेँलो नीलो सेतो,फूलका रङ्ग अनेक छन्,
फूलबारी हेर्दा लाग्छ ,स्वर्ग यहीँ धर्तीमा झरेछन्।
फूलले दिन्छन् मीठो बास्ना,सबैको मन रमाउँछ,
फुलेकाे फूलहरू नटिप्नु नचुँड्नु श्राप लाग्छ है।
फूल पनि खेल्दै हाँस्न चाहन्छन्, बाँच्न चाहन्छन्,
डालीमै रमाउँदै फुली,संसारलाई सजाउन चाहन्छन्।
आऊ साथी हातेमालो,फूलबारी जोगाऔँ है,
फूल नटिपौँ, फूल नचुँडौँ,प्रकृतिलाई बचाऔँ।





