बराबर


टीका सिवाकोटी आचार्य
टेक्सास अमेरिका

“हजुरले बुबाको खुट्टा धोएर पानी किन खाइरहेको आमा ?” सानी छोरीले सोधी।
“लोग्ने मान्छे भनेको भगवान हुन रे!” तीजको व्रत बसेर बुबाको पूजा गरि खुट्टा धोएर पानी खाइरहेकी आमाले भनिनन्। व  “देखिस् ! बैनी छोरा मान्छे छोरी भन्दा धेरै ठुला हुन, तिमीहरूका भगवान हौँ हामी छोरा मान्छेहरू। छोरी मान्छेहरूले छोरा मान्छेहरुको खुट्टाको पानी खानुपर्छ बुझिस् ? “छोराले गर्वसाथ भन्यो।
खिन्न हुँदै बुबाको छेउमा आएर छोरीले सोधी “बुबा मैले पनि ठुली भएर तपाईँ जस्तै केटा भगवानको खुट्टाको पानी खानुपर्छ हो ? केटा र केटी बराबर हुन्न् र , किन ?”
छोराको केटी मान्छे प्रतिको बुझाई र छोरीले आफुप्रति देखाएको हिन भावना देखेर बुबाको मन भारी भएर आयो।
“तीज हाम्रो संस्कृति हो, तर यस भित्र रहेको बिभेदलाई हटाएर संस्कृतिलाई जोगाउनु पर्छ !” बुबा तिर हेरेर डराउँदै आमाले भनिन।
बुबाले जुरूक्क उठेर पाउँमा पूजा गरिरहेकी आमालाई अंगालो हालेर भने -“तिम्रो स्थान खुट्टामा होइन , तिमी र म अर्धनारीश्रवर हौ !”