राष्ट्रप्रेम


बैकुण्ठ पोखरेल
गोदावरी

“बाबू ! धेरै धेरै बधाई, यो तिम्रो जितको लागि !” आज विद्यालयमा आयोजित खेलकुद प्रतियोगितामा छोराले जितेर ल्याएको मेडल अनि प्रशंसापत्र नियाले पछि धेरै खुशी भयो बिवश।
“मैले जितेर के गर्नु बाबा हाम्रो देशले हार्यो !” दुःखी हुँदै छोराले टेलीभिजन स्क्रीनतर्फ औलाले नेपाल र म्यानमार बीच भएको खेलको नतिजा देखाएपछि बिवश झनै खुसी भयो……..।
कारण चार बर्षको सानो बच्चा भन्ठानेको उसको छोरो त रास्ट्रप्रेम बुझ्ने भैसकेछ।