खगेन्द्र बस्याल
“बा मैले A+ ल्याएँ नि एस इ इ परीक्षाको नतिजामा।साथीहरू एवम् छिमेकीलाई बाँड्न लड्डु किन्न मलाई आवश्यक रुपैयाँ दिनुस् त।”सरिताले खुशी हुँदै बाबुको हात समाउँदै भनिन् ।
उनका बाबुले छोरीलाई हेरेर टोलाइ रहे। न रुपैयाँ नै खल्तीबाट झिके।
सरिताकी आमाले झर्कदै बोलिन् ” पैसा निकाल्न पर्यो सोचेर खुशी नभएको देखिन सक्ने कस्तो बाबू हो तपाईं । ला छोरी दुई हजार जति आवश्यक पर्छ मिठाई किनेर बाँड ।”
उनलेे भने” बढी बाठी हुनुपर्दैन। माया नभएको भए हरेक बिषयमा टयुसन पढाउने थिएँ त। अतिरिक्त पाठ्य सामाग्री , मन लागेका कपडा किन्न र शैक्षिक भ्रमण गर्न छोरीले दुई पटक शब्द खर्च गर्नु परेको थिएन । त्यसै आफ्नो बलले मात्रै A+ आएको हो र!”
सरिताको आमाले भनिन्, ” तपाईँले भन्न खोजेको कुरा स्पष्ट भएन नि!”
उनलेे छोरी तिर फर्केर भने,”आफ्नो बानी व्यवहारमा सोही नतिजा रहेको चालचलन प्रस्तुत नगरेसम्म केवल शैक्षिक प्रमाणपत्रको A+ हरेर मात्रै मख्ख पर्न सकिन्छ त ? अनि म कसरी खुशी भएर दुःख गरेर कमाएको पैसा सजिलोसँग झिकुँ !”