BF

बासुदेव तिमल्सिना
लालबन्दी, सर्लाही

सानो केटाले आफूसँग खेल्दै गरेकी आफू जत्रै सानी केटीलाई भन्यो, “I am your BF”
केटीले सोधी, “के हो नि यो BF ?”
“I am your best friend ”
उनीहरु जवान भए । एकदिन त्यही केटीलाई केटाले भन्यो, “I am your BF”
केटीले सोधी, “अहिले चैं के हो यो BF ?”
“I am your boy friend”
केही समयको प्रेमपछि उनीहरुले बिबाह गरे । एउटा बच्चा भयो । एकदिन फेरि केटाले उसकी पत्नीलाई भन्यो, “I am your BF”
पत्नीले रिसाएर भनी, “अझै पनि के को BF नि ?”
म तिम्रो “Baby’s father”
दुबै पति पत्नी बुढा हुँदै गए । एकदिन सँगै बसेर अतीतका पलहरु बारे गफ गर्दै थिए फेरि बुढाले भन्यो, “I am your BF”
बुढीले चाहुरिएको अनुहारलाई रातो पार्दै सोधी, “अझै BF गएको छैन ?”
बुढाले हास्तै भन्यो, “Be forever”
केही बर्षपछि बुढाले अन्तिम सास गनिरहेको थियो । बुढी नजिकै बसेर बुढालाई चम्चाले पानी ख्वाइराकी थिई । यस्तैमा सकिनसकी बुढाले भन्यो, “I am your BF”
बुढीको आँखाबाट आँसुको धारा बग्न लाग्यो र पनि सोधी, “के हो अब BF भनेको ?”
बुढाले कनिकनी स्वर निकाल्यो, “Bye forever”
बुढाले बही बुझायो । त्यसको केही दिनपछि बुढीले पनि यो धरा छोडी ।
उनीहरुको छोराले बाबुआमा दुवैको फोटो भित्तामा टाँग्यो र त्यसको मुनी लेख्यो, “Besides forever”