“बुझ्नुपर्छ”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर- ६, दाेलखा

मैले सबै देख्दै अनि,
बुझ्दै जानुपर्छ,
भविष्यका समस्यामा,
जुझ्दै जानुपर्छ।

नभन्नुस् ल केटाकेटी,
हट पर जाऊ,
मैले देख्छु भनेर नै,
आँखाछल्ने दाउ।

घर गाउँ समाजमा,
घुल्दै जानुपर्छ,
सत्य के असत्य के,
खुल्दै जानुपर्छ।

मैले सबै देख्दै अनि,
बुझ्दै जानुपर्छ,
भविष्यका समस्यामा,
जुझ्दै जानुपर्छ।

गल्ती कुरा सत्य ठाने,
नतिजै गलत,
चालचलन मान्छे प्राणी,
भिन्न छ जगत।

काेपिलै छु आज फुल्दै,
फल्दै जानुपर्छ,
बाधाहरू चिर्दै चिर्दै,
चल्दै जानुपर्छ।

मैले सबै देख्दै अनि,
बुझ्दै जानुपर्छ,
भविष्यका समस्यामा,
जुझ्दै जानुपर्छ।