Categories: बाल कथा

“फेशन”


ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

गाउँबाट आएकी सुन्दरी केही दिन छोराको घरमा बसेर एक साँझ छोरीको डेरामा गइन्। छोरी, ज्वाइँ, नातिनातिनी नै सुन्दरीलाई देखेर खुशी भए। सुन्दरी पनि खुशी भइन् । तर जब १७/१८ वर्षको नाति प्रवेशले लगाएको पेन्टमा सुन्दरीको आँखा पर्यो उनको आँखामा टम्म आँसु भरियो । मुटु फुट्ला जस्तै भयो। बल्ल–बल्ल उनले आफूलाई सँभालिन्। मध्यम वर्गकी सुन्दरासँग साथमा एक–डेढ सयभन्दा बढी रुपियाँ पनि थिएन। राति खाना खाँदा पनि उनको घाँटीबाट भातको गाँस छिरेन। भोक छैन भनेर दुई–तीन गाँस भात खाएर उठिन्। आमाले पीर गर्छिन् भनेर छोरीले दुःख लुकाएकी रहिछे भनेर मनमनै गुनिन्। रातभरि उनलाई निद्रा लागेन। बिहानीपख भने एकैछिन निदाइन्। भोलिपल्ट उनी छोराकै घरमा आइन् र एकछिन धक फुकाएर कोठामा रोइन्। आफूले लगाएको सानो रिङ बेचेर नातिलाई पैन्ट किन्न पैसा दिने कुरा सोचिन्।
छोरापट्टिका नाति मिलनले उनी रोएको देखेर सोधे —“ किन रुनुभएको हजुरआमा ?’’
सुन्दरीले बगिरहेको आँसुलाई पुछ्दै भनिन् —“ बाबू मनमा औडाहा छुटेको छ। तेरी फुपूले त साह्रै दुःख पाएकी रहिछ नि! प्रवेश पूरै घुडा च्यातिएको पेन्ट लगाएको थियो। तेरो कपडा त त्यसलाई मिल्थ्यो नि! यस्सो दिन सकिनस् ? दुइटै घुँडा फाटेको पेन्ट देख्दादेख्दै पनि के हेरेर बसेका तिमीहरू हँ ?
मिलनले हाँस्दै आफ्नो पैन्ट ल्याएर देखाउँदै भने —“ प्रवेशले यस्तै पेन्ट लगाएको थियो हजुरआमा ?’’
सुन्दरीले लामो स्वास फेर्दै भनिन् —“ आच्या, हो त त्यस्तै लगाएको थियो नि! तँलाई त के नपुग्दो थियो र यस्ता हुञ्जेलसम्म राखिस् बाबू ?’’
मिलनले हाँस्दै भने —“ यो हजुरआमा पनि….। यो त फेशन हो क्या फेशन । कुरासुरा बुझ्नु छैन, त्यसै…..।’’
सुन्दरीका आँखा पेन्टमा नै अल्झिरहे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बाह्र महिना”

रञ्जुश्री पराजुली बर्षका बाह्र महिना फरक रुपका हुन्छन् कहिले औधी गर्मी कहिले तीखो जाडो। बैसाख…

7 hours ago

“पढ नानी”

अम्बिका शर्मा माइली पढ नानी पढेर ठूलो हुनुछ, कखगघ सिकेर ज्ञानी बन्नुछ। तोते तोते बोलिले…

7 hours ago

घोडेजात्रा

  घोडेजात्रा पर्वका अवसरमा नेपाली सेनाले बुधवार काठमाण्डूको टुँडिखेलस्थित सैनिक मञ्चमा एक विशेष समारोह आयोजना…

7 hours ago

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

1 day ago

गीत

दुर्गा घिमिरे विद्यालयमा हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्थे। त्यो हप्ताको कार्यक्रम गीत…

1 day ago

“न्याय”

लक्ष्मी रेग्मी खनाल वालिङ् स्याङ्जा आमा म टिउसन सकेर फर्किएकी थिएँ। त्यहि बेला मेरा कक्षाका…

1 day ago