Categories: बाल कथा

“लक्ष्मी”

मनोहर पोखरेल

बजार जान हतारिएको थिएँ । ढिलो भए पसलमा खुट्टा राख्ने ठाउँ हुँदैन थियो। तिहारको चहलपहल। त्यसमाथि किनमेलको लागि उत्तम मानिएको धनतेरसको दिन । म अन्नले भरिपूर्ण लक्ष्मीको मुर्ति किन्न चाहन्थें।
“आमा, हामीलाई झिरझिरे, फुलझारी र अनारकली किनिदिनु पर्छ।” छोरीले फरमाइश सुनाउँदै सँगै जाने जिद्दी गरी। छिमेकी प्रहरी दाईका छोराछोरीको देखासिकी उनीहरुले रहर गरेका थिएँ। चाडपर्वका बेला छोरीलाई उदास पार्न नचाहेर साथै लगे।
भाँडा–कुँडा र साजसज्जाको पसलहरूमा भीड देखिन्थ्यो। मानिसहरु धनधान्यकी देवी लक्ष्मीलाई खुसी बनाई सम्पन्नता भित्र्याउन चाहन्थे। गच्छेअनुसार स्टिल, तामा, पित्तल र सुनचाँदीका भाँडा किन्दै थिए। मैले लक्ष्मीको स्थायी बास हुने विश्वासले चाँदीको मुर्ति किने। फर्किदा सडकपेटीमा कमलको पुष्पासनमा बसेकी लक्ष्मीजी र गणेशजीको आकर्षक माटाको मूर्तिले ध्यान खिच्यो।
“अरे तिमी यहाँ।” मुर्ति बेचिरहेकी लक्ष्मीनियाँलाई चिनिहाले। उनले नमस्कार गर्दै भनी “तरकारी बेचेको देख्नु भाथ्यो, आज राम्रो व्यापार हुन्छ भनेर मुर्ति बेचेको नि दिदी।” उनले मेरो आश्चर्यजनक हेराई बुझेर नै जवाफ दिएकी थिइन्।
श्रीमानको मृत्यु पछि लक्ष्मीनियाँ दिनरात मेहनत गर्थिन्। घरको जिम्मेवारीले समयअनुसार समानहरु बेच्ने गरेको कथा उनले सुनाइन्। “आज बिहानैदेखि पसल थापेको दिदी, राम्रो बिक्री भयो। छोरीलाई ठूलो मान्छे बनाउनु छ, घर फर्किदा नयाँ झोला र पुस्तकहरु किनेर लैजान्छु ।”
मैले उनको आँखामा नाचिरहेको पुस्तकले भरिएको झोला देखे। अनि छोरीको हातको झिरझिरेको झोला र आफ्नो हातको मुर्ति नियाले। मनमनै सोचे- “कसले भित्र्याउँदैछ लक्ष्मी !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

19 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago