Categories: बाल कथा

भक्ति


अम्बिका धिताल
कमलविनायक भक्तपुर

“ए दाइ, आज मन्दिरमा यस्तो भिड किन हो ?” टिनको छानामुनि बसेकी एउटी युवतीले सोधी।
“थाहा छैन र तिमीलाई ? नयाँ भगवानको भेट्ने नयाँ तरिकाको सुरूवात भएको छ ।” मैले भनेँ।
“ओहो ! हो र ? म सधैँ यही छाप्रोमा बसेर फूलमाला बेचिरहेकी छु । मैले त यो कुरा थाहै पाइनँ । आखिर सबै भगवान एउटै होइन र ?” युवतीले प्रश्न गरी ।
मैले प्रतिकार गर्दै भनेँ “होइन नि। प्रकृति,आस्था र विश्वासको आधारमा भगवानको रूप फरक हुन्छन।”
“कस्तो भगवान मैले त अझै बुझिनँ ।” युवती अलमल्लमा परी।
“डिजिटल भगवान्’ क्या । अब क्युआर कोड स्क्यान गरेर नै आशीर्वाद पाउने, आधुनिक भगवान !” मैले हाँस्दै भनेँ ।
युवतीले झसङ्ग हुँदै भनी, “भक्ति त हृदयबाट हुन्छ होइन र ?”
मैले मोबाइलको स्क्यान चलाउँदै भने, “अब हृदय होइन, एप चाहिन्छ । मनमा भक्ति होइन, नेटवर्क चाहिन्छ।”
मन्दिरभित्र पुरानो पुजारी झुक्दै मन्त्र जप्दै थिए। नजिकै नयाँ पुजारी भने कोटपाइन्ट र सनग्लास लगाएर ‘भक्तहरूको डेटा एन्ट्री’ गर्दै थिए।
“नाम?”
“सीता।”
“जात?”
”“भक्त।”
“क्युआर स्क्यान गर्नुभयो?”
“किन?”
“भक्त सूचीमा परिएन भने भगवानले तपाईँको माग सुन्दैनन् रे।”
सीताले अलिक रिसाउँदै भनिन्, “भगवानसँग प्रार्थना गर्न क्युआर चाहिन्छ भने, म त मौन बस्छु।”
त्यो उत्तर सुनेर मन्दिर नजिकैका एक वृद्ध भक्तले मुस्कुराउँदै भने “मौन नै साँचो मन्त्र हो, छोरी। भक्ति पैसा तिरेर होइन, मनभित्रबाट आउनुपर्छ ।”
भिडले उनीहरूको कुरा सुनेन। सबै फोनतिर टाउको झुकाएर स्क्रीनमा प्रार्थना गरिरहेझैँ देखिन्थे।
अचानक नयाँ पुजारी कराए, “सर्भर डाउन भयो एकैछिन कुर्नुपर्छ है ।”
सीताले निलो आकाश हेर्दै शान्त स्वरमा भनी, “कस्तो समय आयो ! भगवान् त सधैँ हाम्रो सर्भर भित्र अनलाइनमा थिए, हामी मात्र अफलाइन भयौँ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

23 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

23 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

3 days ago