“अमर भानु”


युगल बसेल
सन्धिखर्क,हाल:चन्द्रागिरी ११

हैन कुरो आजको
दुई सय वर्ष अघिको
जन्मे चुँदी रम्घामा
भानु पाए रे नाम।

आचार्यको खलकका
तनहुँको पाखाका
अर्ती बुझी घाँसीको
इच्छा नाम कमाउनको।

रामायण लेखेछन्
अजम्बरी बनेछन्
त्यही पुस्तकका बलले
मन सबैको जितेछन्।

हामी के चिन्दैनौँ र?
भाषासेवक हैनन् र ?
आफैलाई बिर्सौँला
उनलाई  भुल्न सक्छौँ र?

भानु पौरख गरेछौ
भाषा हाम्रो पोसेछौ
धेरै मरे बिलाए
तिमी अमर बनेछौ।