२११ औँ भानुजयन्तीको सबै सबैमा शुभकामना !

भूमिका गैरे
तिमिल्सिना गैंडाकोट ४, नवलपुर
तनहुँको चुँदी रस्घामा
जन्मिएका कविवर
दौरा सुरवाल कालो टोपीमा
सजिएको पहिरन
नेपाली भाषाका विकासमा
हरदम लेखेर भाषाका
प्रथम कवि सम्मान सब गरेर
घाँसीको प्रेरणाबाट
उत्प्रेरित भईकन
संस्कृतबाट रामायण
त्यो उल्था गरिकन
छन्दधारा बगाई सुन्दर
लिपिवद्व गरे
समुन्द्र जस्तै सलल बगी
भक्तिभाव छरे
लोक दोहोरी भजन चुट्का
उदगम बिन्दु माने
विश्वभरि भानुजयन्ती
सबले मनाउन थाले
आदिकवि भनि
संसारभरि बहुतै चिनिन थाले
रामायण रामगीता
सब गुनगुनाउन थाले
खै आजकलका घाँसी
शहर पसे जस्तो छ
अर्ती बुद्धि दिने जति
ती उतै रमे जस्तो छ
के खनाउथे कुवा
भान्सामै धारा पसे जस्तो छ
के आउथे खै सर्जक
सबै विदेश पसे जस्तो छ
भाषा साहित्य संस्कृति
हामी सबैको माझमा
जोगाउनु पर्छ मिली
अध्ययन गरी साथमा
पढ़ने बानीको विकास गरौँ
अस्तित्व यो सानमा।





