“एकदिन य​स्तो भ​यो”


प्र​मोद सारंग

एकदिन य​स्तो भ​यो, सून साथी सून
घाम​ लाग्दै झ​री प​र्यो, रुन थाल्यो जून

काग आँफै गीत​ गायो, छेपारोले नाच्यो
पेट​ मिची न​दी छेउ भ्यागुताले हाँस्यो

पाटेबाघ घुर्न थाल्यो, हात्ती ल​म्की आयो
दूलोभित्र​ स​र्प प​स्यो, ठूलो मुख बायो

आकाश​मा घुर्न थाले, च​मेरो र बाज
दौड भ​यो- कछुवा र ख​रायोको आज

स्याल कुद्यो खोला पारी के हुने हो फेरि?
सिंह सुत्यो घाँस​माथि र​मिता पो हेरी !