“हातमा घडी छ”


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

मेरी सानी बैनीको हातमा घडी छ
घडी लाउन पाएर मक्ख परिछ

हिँड्ने एक नहिँड्ने दुई देखेर
सोधी उसले तीनओटा सुई देखेर
यो बाटुले घरमा तिन्टा छडी छ
हेर्दाहेर्दै बहिनी छक्क परिछ

रमाउँदै बासँग सोधी बैनीले
घडी ल्या´को कारण खोजी बैनीले
चिन्न हो कि समय अड्कल गरिछ
नयाँ घडी टल्काउँदै दङ्ग परिछ।