कथा!


राेशन पराजुली
बरगाछी,धरान

आवाज अनुत्तरित थियाे। मन दुविधाले अल्मल। उ भने नयाँवर्षकाे आगमनलाई उल्लासमय वनाउन चाहान्थ्यो। परिवारकाे साथमा रमाउन पनि तीसौँ बर्ष कुर्नु पर्या थियाे।
आज समय थियाे। मन अनेक तर्कनामा रम्न खाेज्दा खाेज्दै साझँ पर्याे।
बाबा हजुर कहिँ नजाने ? छाेरीका आवाजले उ तर्सिनु सिवाय केही थिएन्।
आमासँग घुम्न जानू पर्थ्यो नि?
जवाफ केही थिएन्। उनी साथीहरुसँग घुम्ने याेजना केही दिनकाे थियाे।
मामा,”हजुरहरु आज घरै बस्नु हुन्छ नि हामी बास बस्ने गरि आउँछौँ।”
उ झन अलमलमा पर्याे।
“हजुर सुन्नु न”,”नानी आज नयाँबर्ष मनाउन बाबालाई पनि बाेलाउनु भनेर करकर गर्दै थिइन्।
उसँग कुनै जवाफ थिएन्।
हामी बिहान मात्र आउने भयौँ केटाकेटी मानेनन् के गर्नु भए म त ! भान्जीका कुरामा झन गहिराईमा पुग्याे उ!
के गर्ने हजुर ,कि केही खानेकुरा ल्याई दिउ कि ?
“साझ पनि पर्याे”।
श्रीमतीका कुरामा उ झन झन गहिराईमा डुब्याे।
मनै साेच्याे,मनकाे कुरा कस्ले पाे बुझ्ला र ?