“कोइली”


बिन्दु पौड्याल वस्ती
भरतपुर-२ चितवन

बसन्त ऋतु लाग्यो
कोइली चरी आयो
घर नजिकको रुखमा
ऊ त बस्छ सुखमा

कलकलाउँदा पालुवा
नवीन लता भरिए
सारा पन्छी मिलेर
उसकै सामु झुम्मिए

नाच्दै गाउँदै रमाउँदै
कोइली गीत सुनाउँछ
हामीलाई लट्ठ बनाउँदै
गाउँ बेसी ब्युझाउँछ

कागजस्तै देखिने
चिल्लो लामो पुच्छर
अन्तै फूल पारेको
अरू कसले देख्छ र

कागको गुडँमा बसेर
फुल पार्छ लुकेर
थाहा छैन उसलाई
मेरो होइन भनेर

आफ्नै ठानी हुर्काउँछ
चारो खोजी खुलाउँछ
सोझो काग पाउँदा
सजिलै बच्चा हुर्काउँदा

अरू बेला लुकेर
अहिले दिल खोलेर
कुहू कुहू स्वरले
भन्छ चिन सबले।

श्रोतः नेपाली बालसाहित्य