“छाता”


अम्बिका धिताल
कमलविनायक भक्तपुर

छाता छैन साथमा
किताब थिए हातमा
भिज्दै आएँ घरमा
लाग्यो अलि सरम।

शिर भयो झनन
जरो आयो हनन
यात्रा हुने मधुरो
छाता बिना अधुरो।

छाता किन्न आमाले
भन्नुभयो मायाले
छाता ओढ्ने रहर
जानुभयो सहर।

साउनको मासमा
छाता पर्यो हातमा
रातो, निलो, पहेलो
कति राम्रो छाता यो।

पानी पर्दा दरर
छाता खोलेँ फरर
ओढ्दा शिर माथि यो
समस्याको साथी यो।

मक्ख पर्दै बुबाले
टेक्नुहुन्छ खुबले
अप्ठेरोमा सहारा
दिने गर्छ पहरा।

घाम लाग्दा शीतल
ठान्नुहुन्न पितल
इन्द्रेणीको रङ्गमा
परे आज दङ्ग म।