
विके माकजू
छ कि छैन सन्चो ?
सोध्छ छोरो कान्छो
भन्छु म छु निकै
छ है हाल ठिकै।
के के खानु हुन्छ
अझै भन्नुस् भन्छ
ल्याउँछ रे आजै
खानेकुरा ताजै।
ल्याई दिए अस्ति
मैले खाएँ मस्ति
खाना तागतिलो
भएँ म फुर्तिलो।
जाउँ भन्छ घुम्न
कहिँ कतै डुल्न
आलस्य भाग्छ रे
फुर्तीलो हुन्छ रे।
छोरो होस् त यस्तो
मेरो कान्छो जस्तो
आमाबाको प्राण
बुढ्यौलीको सान।





