शिव पुन
नयाँ ज्ञान विज्ञानकाे आविष्कार त्याे विचित्र
धर्ती छाेडी परलाेक पुगौ भन्ने वृत्तचित्र ।
आफैँ खाेज्ने आफैँ खन्ने धर्ती माता संकटमा
गन पड्क्याे बम फुट्याे गल्ती कस्काे जगतमा।
हाम्रै गल्ती वन फाडी प्रकृतिको विनाश भाे
अब साेच्ने बेला आयाे हाम्राे धर्ती निवास काे।
अति भयाे जन वृद्धि अब कम गर्नु पर्छ
प्रकृतिको खालि भुमि अब हामी भर्नु पर्छ।
अति प्याराे हाम्राे धरा सबै हामी आजै साेचौँ
परलाेक अर्को हैन धरा नै हामी राेजौँ।
प्रकृतिको विनाशले धरा आयु कम हुँदै
हरा भरा प्रकृतिको आयु बढ्छ हामी छँदै।
छाेटाे बुद्धि हाम्राे हैन साेचौँ हामी भविष्य काे
आजै देखि साेच्यौँ भने आयु बढ्छ अवष्य त्याे।
कति रुने भावी पुस्ता मुर्ख हामी भयौँ भने
कति प्याराे हाम्राे धर्ती सजीव काे मन छुने।
वृक्ष राेपी प्राणवायु अब वृद्धि पनि हुन्छ
जल वृष्टि धरा हरा त्याे पनि त अब हुन्छ।
तर हैन हाम्राे धर्ती सजीव काे विनाश त्याे
अब साेच्नु विज्ञानले आविष्कार विकास काे।





