नानी राम्रो के-केले ?


युगल बसेल
सन्धिखर्क

जमिन राम्रो रुखले
रुख राम्रो फलले
फल राम्रो रसले
नानी राम्रो होसले।

रात राम्रो जूनले
जून राम्रो जोतीले
जोती राम्रो चमकले
नानी राम्रो सोमतले।

दुनिया राम्रो नजरले
नजर त पुतलीले
पुतली चुलबुलीले
नानी मिठो बोलीले।

बाग राम्रो फूलले
फूल राम्रो रङ्गले
रङ्ग राम्रो मेलले
नानी राम्रो प्रेमले।

दुनिया राम्रो नजरले
नजर त पुतलीले
पुतली चुलबुलीले
नानी मिठो बोलीले।

दूध मिठो तरले
तर मिठो स्वादले
स्वाद मिठो पोसले
नानी जाँगर जोसले।

गीत राम्रो गवाइले
गवाइ त सुनाइले
नानी बेस के गराइले ?
लेखाइ अनि पढाइले।