“पात्राे”


पुण्य घिमिरे
दाेलखा

महिनाभरि लमतन्न,
बर्ष लमतन्न,
साल महिना गतेबार,
तिथि मिति भन्न।

यसैबाट अङ्क सिक्छु,
अक्षर पनि सिक्छु,
राता राता अक्षरका,
बिदा दिन झिक्छु।

आइत साेम गङ्गल वुध,
बिहि शुक्र शनि,
एकदेखि तीस बत्तीस,
अङ्क गनी गनी।

औँसीदेखि पूर्णिमाका,
तिथिहरू हाम्रा,
सबै कुरा बताउने,
तिम्रा काम राम्रा।

गते सँगै तारिख पनि,
साना अक्षरमा,
महिनाभर पर्व के के,
पढ्छु पुछारमा।

वैशाखदेखि चैत सम्म ,
जम्मा बार्ह महिना,
धन्य धन्य पात्राे तिमी,
समयकाे ऐना।