घनश्याम रेग्मी
अहिले माटो दुखेको
कुकुर हो कि भुकेको
हुँडार यतै लुकेको
ब्वाँसाले राज्य लुटेको ।१
यसरी देश बन्दैन
बुदुनो फाली खन्दैन
खुसीले बच्चा रुँदैन
दम्भले सत्ता हुँदैन ।२
भोलिको लक्ष्य कता खै
के हुन्छ बस्दा यत्तिकै
उम्लिन्छ रक्त उत्तिकै
दन्केको आगो जत्तिकै ।३
गाउँका घर कच्चा छन्
पालको मुनि बच्चा छन्
ठिहिरो जाडो बढ्दै झन्
चोटका घाउ बढ्दै झन् ।४
राहत केही बढाऊ
स्कुल खोल पढाऊ
बलियो गारो लगाऊ
देशका मान्छे जोगाऊ ।५