“पुल छैन खाेलामा”

पुनम घिमिरे

पुल छैन खाेलामा
बर्खायामकाे बेलामा
स्कुल जानू कसरी
पिर पर्याे बेसरी!

राति पानी दर्के थ्याे
मन मेरो तर्से थ्याे
खाेला बाढी आयाे कि
भेल बाेकी ल्यायाे कि!

मनमा कुरा गुनेर
उदेश्य एक चुनेर
बाटाे लागेँ निढर भै
तुईन तरि स्कुल गई!

पढिलेखि ठूलो भै
बनाउनु छ पुल है
तुईन तर्ने सकसलाई
खत्म गर्छु पुल बनाई!

गाउँको मुहार फेरेर
पुल बनेको हेरेर
माेटर बाटाे ल्याउनु छ
टुकी धिप्री निभाउनु छ!!