“बाँच्ने हक”


हरि श्रेष्ठ

चीँचीँ चुँचुँ गर्दै मुसी
गीत गाउन थाले
ढाडे बिरालो खुशी भै
बाटो ढुक्न थाले!

दुलो भित्र लुकी बसि
सोध्न थाली मुसी।
कहाँ छौ ढाढे बिरालो
धेरै नहोउ खुशी !

मलाई पनि बाँच्ने हक
तिम्रो जति नै छ।
किन हेप्छौ मलाई
तिम्रो घमण्ड अति नै छ!

तिमीले मीठो खान हुने,
मैले किन नहुने?
म एउटी मुसीलाई,
बाँच्न किन नदिने ?