
विके माकजू
भक्तपुर
मैले मान्ने पूज्ने
छन् मानिस एउटा
अभिभावक उहाँ मेरो
उहाँ नै हो देवता
ती हुन् बाबा,
मेरो बाबा मन्दिर जान्छु
कुरा गर्छु ढुङ्गा सुन्दैन
यो निधार ठोकाउँछु
उनले देख्दैन
मसँग बोल्ने खेल्ने
फगत उहाँ एउटा
बिना भाकल पुर्याइदिने
बाबा जिउँदो देवता
कहाँ जान्छ के हुन्छ
धन सम्पति के था ?
भन्नुहुन्छ बाबा मलाई
तँ नै जायजेथा
बन्छु म असल बन्छु
घरको जाति म नै हुँ
बाबाको बुढेसकालको लाठी।





