
राजन दास
सहिदनगर नगरपालिका ०८ धनुषा
नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान
देशलाई जोगाउन युवाले गर्दै श्रृजनात्मक काम
अलमस्त युवा हामी अब उठ्नुपर्छ सबै एक जुट भई
देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक ढिक्का रही
प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी
बनौँ कर्मठ , क्रान्तिकारी , ईमानदार र ज्ञानी बनी
युवाहरू नजागे मातृभुमि संकटमा पर्दैछ
नेताहरु मिलिजुली देश बेच्ने विचार गर्दैछ
समाजका युवाहरू रक्सी चुरोटमा हराए
आमाबाबा नखाउ बाबु भन्दै दिनरात कराए
आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौ
उल्लेखनीय काम गरी जन-जनको दिलमा बस्नेछौ
विदेश पलायन भए युवाहरु कति कति
युवा नै हुन राष्ट्रका अमुल्य सम्पत्ति
युवा मलमपट्टि गर देशको घाउ निको पार्न
बुढापाका घरमा बसी अगाडि बढ देशलाई सपार्न
अब जागौँ युवा शक्ति देशको निर्माणमा
देश डुब्न लाग्यो अगाडि बढ अभियानमा
युवा देशका लागि बिद्रोही बनी अगाडि सर्छ्न
तर हन्टर खाई धुरु – धुरु रोई खाडीमा पर्छ्न
युवा भविष्यको खोजी खाडीमा नगर
आफ्नै देशमा पुरुषार्थ गरी देश कल्याणको काम गर
जुटौँ सबै युवा हामी काँधमा काँध मिलाएर
देश विकास गर्न बीर बनी भरोसा दिलाएर !!





