
घनश्याम रेग्मी
हिमाल चम्किला राम्रा भए आज भोलि
पहाड छन् खुसी धेरै दसैँ राग घोली
दसैँ तिहारको बेला छ माता नमामी
खुसी तथा शुभाशीर्वाद देऊ भवानी।
जताततै खुसी मुस्कान हाँसो खुलाई
समाज शान्ति मैत्रीपूर्ण होस् भाव आई
उमङ्ग गाउँ बेंसीमा सदाकाल छाओस्
प्रमोद हर्ष गानाका दिँदै चाड जाओस्।





