
युगल बसेल
सन्धिखर्क ( हाल चन्द्रागिरी ११ )
सिमसिम पानी साउनको
कलाई लाग्छ ननीको ?
झरीभन्दा खडेरी
राम्रो मान्न सक्छ को ?
जताततै हरियो
हेर्दा दङ्गै परियो
सधैँ टिके हुने थ्यो
साउनको घडी यो।
बलेसीको पानीमा
हात थाप्नु क्या जाति
बदली भाको रमाइलो
घाम चर्केको नजाती।
सुकेका मुल सर्सिए
मुर्दा खोला बिउँतिए
कस्तो जाति हुँदो हो
सधैँ पानी बग्दिए।
नआइदेओस् खडेरी
मन्द मन्द होस् झरी
बाढी पहिरो नचलोस्
कसैलाई दुःख नपरोस्।





