Categories: बाल कथा

अक्षय तृतीया

प्रार्थना खनाल जोशी
सुकेधारा, काठमाण्डौ

कहिले क्षय नहुने।
घरका सबै सदस्य बिहानै नुहाई शुद्धभएर बसे। गुरू आउनुभयो सबै परिवार पूजाकोठामा जम्मा भए। हजुरआमाले सङ्कल्प गर्न लगाई छाता, जुत्ता, कपड़ा,सातु, सर्वत र सिदा दान गर्नुभयो। पूजापश्चात् सबैलाई गरूले टीका लगाई सातुसर्वत प्रसादस्वरूप खुवाए।
सानो भाइले हजुर आमालाई सोध्यो,”आमा आज हामीले किन बिहानै पीठों र सर्वत खाएको?
हजुरआमाले जवाफ दिनुभयो,”आजको दिन पीठो हैन जौ को सातु र सर्वत खायो भने शुभ हुन्छ , शितलता दिन्छ र गति परिन्छ भन्ने चलन छ बाबु !”
“दानचाहिं किन गरिन्छ त?”,फेरि सानोभाइले प्रश्न ग-यो?
हजुरआमाले भन्नुभयो,” वैशाख महिनामा घाम धेरै चर्किन्छ गर्मी बढ्छ। गर्मी हटाउन र शीतलता प्रदान गर्न जौ को सातु र सर्वत खाने खुवाउने पनि चलन छ। घाममा उकालो ओरालो गर्ने यात्रुलाई चौतारामा माटाको गाग्रामा गुण र मसला राखी बनाएको सर्वत र सातु खुवाउने चलन छ। यो पनि दानै हो। “
“ यसरी खुवाउनाले के हुन्छ नि ? फेरि भाइले जिज्ञासा राख्यो?”
“अक्षय तृतीया भएकाले आज गरेको धर्म कहिले क्षय( नास)हुँदैन , जति सक्यो दान धर्म गर्नु दुखी गरिबको सेवा गर्नु पर्छ बाबू !” हजुरआमाले भन्नुभयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

14 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

14 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago