अवतार ढकाल

“बाबा ! मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?”
कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दस वर्षको छोराले सोध्यो। छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढन खोज्दै सोधे : `किन र बाबु ?´
“हाम्री बुनेलाई लुगा नलगाको बेलामा कुरी कुरी भन्यो भने कस्तो लाज मानेर दौडन्छे तर ठूलाहरू त ……….।”
‘अनि के भयो त ?´ बोल्दा बोल्दै रोकिएको छोरालाई उनले सोधे ।
“अघि पल्लो घरकी दिदीलाई छोटो लुगा लगाको देखेर कुरीकुरी भनेको त झण्डै मारिनन् । ननसेन्स फुच्चे भन्दै थर्काइन् । अस्ति एउटा दाइको प्यान्ट कम्मर मुनि पुगेको देखेर सम्झाको त झण्डै पिटेनन् ।” उसले घटना बतायो ।
कथाकारले छोरोको अनुहारतिर एकछिन गहिरिएर हेरे अनि बिस्तारै भने “हो बाबु , बच्चाहरू नाङ्गो हुँदा लजाउँछन् तर ठूलाहरू आफ्नो नग्नताको प्रशंसा खोज्छन् ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

14 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

14 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago