पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
मिठाे मिठाे खानदिए, खपाखप खान्छु,
राम्रा नाना किनिदिए, चट्टपरी लाउँछु।
आमाकाे गाला ओठ, बाकाे कान तान्छु,
सबैजना माया गर्छन्, म त घरकाे कान्छु ।
चुलबुले चञ्चले छु, यता उता जान्छु,
भात पकाई खेल खेली, पानी दाल झान्छु।
छेस्काकाे घर बनाइ, लहराले बान्छु,
सबैजना माया गर्छन्, म त घरकाे कान्छु ।
आफूसँग कुरा मिल्ने, राम्रा साथी छान्छु,
दाइकाे ढाड मादल, ताल ताल हान्छु ।
सक्ने काम अराउनुस्, खुरूखुरू मान्छु,
सबैजना माया गर्छन्, म त घरकाे कान्छु ।
कहिले कहाँ कैले कहाँ, सबै काख जान्छु,
म्याँ म्याँ गर्ने मनेलाई, घुमाउन लान्छु ।
काेही छैनन् परचक्री, सबलाई आफ्नाे ठान्छु,
सबै जना माया गर्छन्, म त घरकाे कान्छु ।
दुर्गा घिमिरे रामदीपले दिनदिनै कथा लेख्न थालेपछि साथीहरूमा एक प्रकारको कौतुहलता थपिएको थियो। गाउँको चिया…
दलबहादुर शाही हिमाली पाखामा अमृतसरहको बग्दछ जल त्यही मिल्छन् लाखौँ कुसुम जडिबुटी औषधि फल त्यही…
शशी अर्याल काठमाडौं मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न…
केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…