Categories: कविता

“अक्षय तृतीया”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौं

बिहान सखा
बालाई थियो हतारै
चिया पिइसकेर
नगरेर अबेर ।

जानुभयो बजार
मान्छे थिए हजार
गाग्रो किनी माटाको
पाइलो नाप्दै बाटाको ।

घरमा पुग्नेबित्तिकै
अल्छी नमानी फिटिक्कै
आमासँगै लागेर
जोसजाँगर जागेर ।

पिनी जौको पीठो
सर्बत बमाउन मीठो
आमाले घिउ हाल्नुभो
सर्बत बनाउन थाल्नुभो ।

अलैंची र सुकुमेल
बाले कुट्नुभो त्यतिन्जेल
मैले पनि सघाएँ
धेरै खान फकाएँ ।

पिपला र मह पनि
मिसाउनु छ भनी
आमाले कन्तुर खोल्नुभो
खुसी भई बोल्नुभो ।

बास्ना चल्यो हरर
खान लाग्यो रहर
बहिनी पनि टुसुक्क
हाँस्दै बसिन् मुसुक्क ।

हजुरबाले दुनोमा
सर्बत भरी कुनोमा
देवी देवता भाकेर
चढाउनुभो राखेर ।

गाग्रीभरि बनिगो
अब खान पाइने भो
भन्दै गिलास लिएर
खुसी भएँ सर्बत पिएर ।

गाग्री बोकी काँधमा
मन्दिरैको साँधमा
बाले गाग्री राख्नुभो
आमाले सबैलाई डाक्नुभो ।

यात्रुहरू आएर
मीठो सर्बत खाएर
आशिष दिए हाँसेर
मनमुटु गाँसेर ।

छाता, लौरो किनेर
बूढाबूढी चिनेर
दिनुपर्छ भनेर
बाले किन्नुभो गनेर ।

कति राम्रो रीत
गाँस्ने माया प्रीत
अक्षय तृतीयाको पल
शुभ हुने रहेछ फल ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

5 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

6 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago