Categories: बाल कथा

“हाउगुजी”


पुण्यप्रसाद घिमिरे
दोलखा

बाबा, आमा र आध्या मामाघर गइरहेका थिए । आध्याले बाबाको हात छोडेर फटाफट हिडिन् । आफैँ हिँड्न सक्छु भन्दै ढुङ्गामा अल्झिएर लडिन्ँ, फेरि उठिन् । बा गाली गर्दै हुनुहुन्थ्यो ’ आउ नानी’। म अझै पर पुगेँ । बाले भन्नुभो ’ ऊ ऊ हाउगुजी आयो ’ । म तर्सिनँ । अझ आमाले भन्नुभो ’ अबुइ हाउगुजी आयो । ’ दुवै वाबा आमाले तर्साएपछि फर्किन् साँच्चै हाउगुजी आएछ भनेर । बाटो चिप्लो थियो फर्कदाँ फेरि उनी लडिन् । आमाले गाली गरिन् ’ कस्तो बच्चा भनेकै नट.र्ने । लुगाभरि हिलो भयो अब के गर्ने । ’ आमा बा रिसाएकै थिए । राधा चुपचाप उभिइन् । फोहोर टकटक्याएर बाले जुरुक्क बोके । आमाले सोधिन् ’ नानी लडेर दुखेको त छैन । बाले भने हेर पर चउरमा म्याँ म्याँ घाँस खाँदैछ । आहा कत्रो रुख हेरहेर फुलको बगैँचा ’ उनीशरुबाटोमा हिँडिरहेका थिय। आध्लायालाई लाग्यो अब वाबा आमाको रिस मरेछ । अनि सोधिन्’ बाबा हाउगुजी भनेको के हो ? कस्तो हुन्छ ? साँच्चैको हाउगुुजी देखाइदिनुहोस्न देख्न मन लागेको छ । के होउगुजीको सिङ हुन्छ ? दारा हुन्छ ? कि कस्तो हुन्छ ? कि ठुलो पेट हुन्छ । आमा हाउगुजीले के गर्छ ? हामीलाई लैजान्छ हो ? कि चक्लेट खाए जसरी हामीलाई खाइदिन्छ भन्नुहोस् न आमा हाउगुजी कस्तो हुन्छ ? नत्र म मामाघरै जान्न । यहाँ बस्छु छोड्नुस मलाई नसमात्नुस् नबोक्नुस् । तपाईँ .वाबा आमा मात्र जानुस् अनि फर्केर आउनुस् । म एक्लै यही बस्छु । कित भन्नुस् हाउगुजी के हो कस्तो हुन्छ ? ’ आध्याले यति धेरै बोल्दा पनि उनको आमा बाबा चुप थिए । ‘बाबा भन्नुस् हाउगुजी भनेको के हो ? कस्तो हुन्छ ? ’ वाबाले हाँस्दै भने ’ किन चाहियो छोरी यो सब कुरा तिमीलाई । आध्यााले तुरुन्त बोलिन् ’ अनि किन सँधै हाउगुजी आउँछ भनेको त ? ’ आमाले ’ हेर छोरी कति जिद्धि गरेको, ल सुन भरखर हाउगुजीले तिमीलाई लडायो । चक्कुमा पनि हाउगुजी किनकि काट्छ, बत्तिमा पनि हाउगुजी करेन्ट लाग्छ, हिलो फोरमा पनि हाउगुजी रोग लाग्छ, पानीमा हाउगुजी चिप्लेर लडिन्छ नचिनेको मान्छे हाउगुजी बोकेर कहाँकहाँ लैजान्छ । कति हाउगुजी कति हाउगुजी ’ वाबाले भने बुझ्यौ छोरी हाउगुजी के रहेछ ? आध्याले भनिन् ’ ए मलाई तर्साउन हाउगुजी भनेको रहेछ । ’ अनि आमाले तुरुन्तै भनिन् ’ हैन छोरी तिमी आफैँ भन त हाउगुजी देखिँदैन तर हाउगुजी सबैतिर छ । ’ वाबाले फेरि भने ’ होसियार भएन भने सबैतिर हाउगुजी । ’ आध्याले हाँस्दै भनिन् ’ हो रहेछ वाबा हाउगुजी सबैतिर रहेछ हगि अब म सँधै होसियार बन्छु । ’ बाबा आमा र आध्या सबै गललल हाँसे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

7 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

7 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago