श्री इन्दिरा खड्का छेत्री
ओदालगुडी, आसाम
आमा कति राम्री तिमी,
कसले बनायो तिमिलाई ?
धेरै फुर्सदको समय लिएर
ईश्वरले बनाए छन तिमीलाई ।
तिम्रो त्यो हँसिलो मुहारको
सझनाले राख्छ सदै मलाई।
यो नगर, त्यो नखा, त्यता नजा,
रोक टोक गर्थेउ मलाई।
सुन्न नसक्ने म अर्ती र उपदेश ,
रिसाएर मुख फुलाउदै पइताला बजार्दै,
सुनेको नसुने झैं गर्थे तिम्रो आदेश,
पीड़ाले भन्ने गर्थेउ कहिले काही।
आमा-बाउको मन छोरा-छोरी माथि ,
छोरा-छोरी को मन ढुङ्गा-मुड़ा माथि।
हाम्रो मन ढुङ्गा-मुड़ा माथि अरे ,
भन्दै भुतभुताउदै फर्काउँथे मुख
रिसाइ भनेर छेउमा आएर मायाले
सम्झाउँदै मलाई भन्थेउ हेर नानी
तिमी पनि बन्छेउ एकदिन आमा ,
तेसबेला सम्झिने छौ तिमीले
कस्तो हुन्छ छोरा छोरीको माया,
साँच्चै नै अहिले झल्झली सम्झिन्छु आमा
उसबेला नबुझेको त्यो तिम्रो अपार माया आमा
त्यो तिम्रो अपार माया।।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…