दुर्गा पौड्याल
तिनपा ३ शंकरनगर
कागजसँग सम्बन्ध छ,
महुँ पढ्ने अक्षर
बाह्रखरी सिकाएर,
पार्छु सब्लाई साक्षर।
मनकाे कुरा ब्यक्तगर्ने,
मै हुँ माध्यम अक्षर
दुःख सुख बेदना पाेख्ने,
मै हुँ माध्यम अक्षर।
प्रकृति र सुन्दरताकाे,
बयान गर्ने अक्षर
नदी ताल हिमालकाे,
गुणगान गाउने अक्षर।
पहाड पाखा हरियालीका
गीत बन्ने अक्षर
लय ताल सुर मिलाई,
गाउने पनि अक्षर।
नियम कानुन संबिधान ,
लेख्ने पनि अक्षर
शासनका ताैर तरिका,
लेख्ने पनि अक्षर।
विकाशका याेजना नि
बन्ने यिनै अक्षर
म नै प्रयाेग हुनुपर्छ ,
सब्लाई बनाई साक्षर।
बिज्ञानका प्रयाेग बिधी ,
लेख्ने पनि अक्षर
प्रयाेग गरी लागु हुने,
पुस्ताैं पुस्ता अक्षर।
डक्टर,वकिल,कवि लेखक,
पढी बन्ने अक्षर
गाडी, रकेट उठाउन
पढ्नै पर्ने अक्षर।
अक्षर नभए कस्ताे हुन्थ्याे,
याे संसार हेर
ठूलाे शक्ति अक्षरमै छ
नफाल्नु समय खेर।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…