Categories: बाल कथा

“उज्यालो”

कात्यायन
चाबहिल, काठमाडौं – ७

“तँ अब फर्किन्छस् कि बाबू ?”
आमाको काखमा पल्टिँदै मैले भनें, “अब म फर्किन्न आमा ।”
आमाले मेरो कपाल मुसार्दै र सानोबेलामा झैँ ठुङ्ग मार्दै भन्नुभयो, “हो, अब तँजस्तै सबै विदेशिनेहरू फर्किनु पर्छ !”
धेरैवर्षको प्रवास वासपछि, म केहीदिनअघि मात्र घर फर्केको थिएँ । करिब अठाह्र वर्षअघिको कुरा हो । आमाको कोमल स्पर्शहरू मेरा कपालहरूमा सलबलाई रहेका थिए । मेरा आँखाहरू लोलाउँदै जाँदै थिए । आमाले भन्दै हुनुहुन्थ्यो, “केही अत्याचारीहरूको विरुध्दमा, अनेकौँ आतंकबादीहरू बढिरहेका छन् । समाधान र उज्यालो ल्याउने, तिमीहरू कै हातमा छ अब !”


आमाको कुराले म झसङ्ग ब्युँझे र जुरुक्क काखबाट शिर उठाएँ र अगाडि पलेँटी कसेर बस्दै, आमाको अनुहार नियालेँ ।
प्रसङ्ग बदल्दै आमाले भन्नु भयो, “तँ भोकाए जस्तो छस् । तँलाई मनपर्ने खानेकुरा बनाउँछु ।”
आमा खाना बनाउन जानुभयो । मैले सोच्दै थिएँ कि, के होला त मलाई मनपर्ने खाना ?
आमाले भान्छाबाट बोलाउनु भयो, “ए, बाबू ! तँलाई मनपर्ने गुन्द्रुकमा भटमास र मस्यौरा हालेर बनाएको छु । छिटो आइज !”
आमाले अझैसम्म पनि बिर्सनु भएको रहेनछ मेरो सानोबेलाको रुचाई !
मनभित्रकी आमा !… सत्ताको रूपपरिवर्तन भएको छ; सार उस्तै ! फेरि पनि राष्ट्रियता, शक्ति र वैभवहरू; घोडाका तवेलाबाट उछिट्टिएर, हात्तीसारमा सारिएका छन्, सेता हात्तीहरूको क्रूर-पञ्जामा !… हामीले बिर्सेका छैनौँ; तपाईले चाहेको उज्यालो ! अक्षरहरूका हतियार बन्ने नै छन्, कुनैदिन आमा !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

21 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

21 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago