Categories: कविता

“कर्मानुसारको फल”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : स्रग्विणी

वृक्ष दोषी भए दुष्ट फल्छन् फल
वृक्ष राम्रो भए पुष्ट फल्छन् फल
अन्न जस्तो लियो हुन्छ उस्तै मन
भाव मीठो भए मिल्छ मीठोपन।

बीज रोपिन्छ जे हुर्किने हो उही
कर्म साधिन्छ जे देखिने हो उही
नीम रोपेर के सुन्तला फल्छ र ?
तेल हाले विना दीप के बल्छ र ?

सोच नै हेतु हो सोच नै कारण
सोच ले कार्य को गर्छ निर्धारण
सोच सच्चा लिए कर्म बन्छन् महान्
कर्म सच्चा गरे धर्म हुन्छन् महान्।

त्रस्त नेतृत्व ले क्रान्ति के गर्छ र ?
जीव – हिंसा गरे शान्ति के मिल्छ र ?
क्रान्ति को पूर्णता हुन्छ विक्रान्तिले
शान्ति को व्याप्तता हुन्छ विश्रान्ति ले।

दोष ले दोष को दाग जन्माउँछ
प्रेम ले प्रेम को राग जन्माउँछ
सत्य-सन्धान ले ज्ञान नै खुल्दछ
मान-सम्मान ले मान नै मिल्दछ।

विक्रान्ति = वीरता
सत्य – सन्धान = सत्य को खोज

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

22 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

22 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago