रुद्र अधिकारी ‘निर्दोषी’
ईटहरी-१९ सुनसरी हालः लन्डन
“के गर्दैछौं नमुना ?”
“ए जमुना पो ! बागवानी केन्द्र बाट रुखका बिरुवा ल्याएकी थिएँ, रोप्दैछु ।”
“घर अगाडि किन रुख रोपेको ? ढल्यो भने घर भत्काउछ ।”नमुनाले बोली नसक्दै जमुनाले प्रतिकृया जनाइन ।
पल्लो घरको बरन्डाबाट अभिषेकले भन्यो “यहॉं बाट टाढा सम्म देखिन्थ्यो, सबै छेलिने भयो ।”
नगरपालिका कुचिकार टुप्लुक्क आइपुगेछ, उसले पनि आफ्नू बिचार सुनाई हाल्यो “झरेका पात बडार्न सास्ती हुने भयो।”
रुख रोपेको बिषयमा आफु अनुकुलको बिचार, सोच र नकारात्मक प्रतिकृया सुनेर अवाक् थिइन नमुना ।
उनले एकै श्वासमा जवाफ दिइन “ मैले रुख रोपेको कारणले हाम्रो स्वास्थ्य र वातावरणमा हुने फाईदा प्रति किन तपाईहरुको ध्यान नगएको हॅं !”
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…