रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
रक्तदान महादान रहेछ नि आमा
महत्व छ ठूलाे यस्काे भन्नुहुन्थ्यो मामा।
मैले सिक्या सबै कुरा भन्छु है त आज
यस्तो कुरा सिकाउन पर्छ सबै माझ।
रक्त दान गरेदेखि अरू काेही बाँच्छ
तीर्थ व्रत गरे भन्दा धर्म ठूलाे लाग्छ।
जीवन याे अमूल्य छ कुरा सबै बुझाैँ
बाँचाैँ अनि बचाउन सबैजना लागाैँ।
चाेट लाग्दा रक्तस्राव धेरै हुन गए
चढाउनु पर्छ खुन शल्यक्रिया भए।
क्यान्सरका राेगी अनि गर्भवती नारी
गाह्राे हुन्छ बचाउन अन्य राेगी पनि।
रक्तदान दिन सक्छ स्वस्थ्य मानिसलेे
राेगी भए दिनु हुन्न यति जानिहाले।
छारेराेग क्षयरोग मधुमेह दम
याैनराेग रक्तचाप नदिनेमा छन।
स्वयंसेवी रक्तदाता बनी दान गराैँ
सुरक्षित रक्तदान गरी पुण्य गराैँ।
सेवाजस्ताे ठूलाे धर्म छैन अरू केही
सबैलाई अनुराेध भयाे मेराे यहीँ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…