Categories: बाल कथा

अधिकार

पीपी कोइराला
स्रोत -डगल्याण्ड लघुकथा संग्रहबाट

“बगायो! बगायो”
“ए भाग ! भाग!”
“ गुहार! गुहार!”
हिंजो राती एक्कासी सबै बासिन्दाहरु यसरी चिच्याउन थाले। खोलामा बाढी आएको रहेछ।
तीस बर्ष पहिले त्यस ठाउँका टाठाबाठाहरु मिलेर नदीको किनारमा तार जाली बिछ्याएर घरहरू बनाएका थिए। उनीहरुले केहि बर्षपछि त्यस नदीलाई मिच्दैमिच्दै ठुलठुला बाटाहरु पनि बनाएका थिए । त्यो खोलो चेप्टिएर सानो कुलो जस्तो भएको थियो।
रैथानेमध्ये एक बुढाले हिंजो सपनामा त्यस कुलोलाई एउटी परीको रुपमा देखेका रहेछन्। सपनामा ती परीले ती बुढालाई सावधान गराउँदै भनेकी थिइन्, “बा ! मेरो बग्ने अधिकार चाहिँ नखोसियोस् है !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago