????????????????????????????????????
गङ्गा कर्माचार्य पौडेल
आहा! फेरि आयो दशैँ रमाइलो गर्ने हो
टिका लाउन मामाघर वालिङ् बजार जाने हो
हजुरवाले रातो टीका लगाइदिनु हुन्छ
हजुरमाले खीर,पुरी खान दिनुहुन्छ।
मामा पनि अमेरिकाबाट आउनु हुन्छरे
मेरोलागि नाना चाचा किनिदिनु भाछरे
चचहै चचहै पिङ मच्चाई खेल्नेहो
काली गण्डकीमा गई स्टीमर चढ्ने हो।
रामु गीता सीता सँग गोठालो नि जान्छु
छङ्छङ् गर्ने छाङ्छाङ्दीको झरनामा नुहाउँछु
हेर्छु म त शिरुवारीबाट हिमाल झलल
तल बगिरहने सङ्लो आँधीखोला सलल।
सिद्धार्थ त्यो राजमार्ग नागबेली परेको
आकाशदेखि सेतो सेतो भुइँ कुहिरो झरेको
हरियाली बनपाखा स्वच्छ हावा सररर
स्वर्ग जस्तो लाग्छ मलाई मेरै मामा घर।
आहा! फेरि आयो दशैँ रमाइलो गर्ने हो
टिका लाउन मामाघर वालिङ्बजार जाने हो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…