Categories: बाल कथा

अधिकार

शान्ता तिम्सिना
भक्तपुर

“पहिला भाँडा माझ, अनि मात्र विद्यालय जानु” आमाले रिसाउँदै भनिन् । ” म विद्यालय जान्छु ,भरे आएर माझ्छु नि आमा !” उसले डराउदै भनी ।
” हेर – हेर! यसलाई लाज नभएको, आमासँग मुखमुखै पो लाग्छे त! खुरुक्क माझ् अनि जानू ,नत्र जान पर्दैन , तैँले पढेर के लछारपाटो लगाउँछेस् ? धर्तीको बोझ ” आमाको आक्रोस पोखियो ।
बिचरा ! प्रतिकार गर्न सकिन , त्यसैले छिटो छिटो सकेर विद्यालय पुगेकी थिई । सदा जस्तै आज पनि पहिलो घन्टी सकिएको थियो । डराउँदै डराउँदै ऊ ढोकामा उभिएकी थिई ।
शिक्षकको ठूलो आवाजले डराएर रुँदै थिई । त्यही समयमा बिद्यालय निरीक्षक आइपुगे । रोइरहेकी विद्यार्थीको छेउमा गए । “के भयो ? किन रोएकी नानी ? ” निरीक्षकले सोधे । ऊ शिर निहुराएर रोइरही , ” यसले सधैँ ढिलो आउने गर्छे र गृहकार्य पनि गर्दिन ” शिक्षकले भने ।
“बच्चाको वास्तविक समस्या बुझ्न पर्यो नि सर ! बच्चालाई गाली गरेर , पिटेर समस्याको सामाधान हुन्छ र ? यो त बाल अधिकारको हनन् भएन ? ” निरीक्षककले भने ।निरीक्षकले बच्चाको वास्तविक समस्या पत्ता लगाए ।
बाबा -आमा दुबै नभएपछि सौतेनी आमाको व्यबहारले आजित थिई , ऊ ।
उनी बच्चाको घरमा गएर आमालाई सम्झाए । बच्चाको खेल्ने , खाने , हिँड्ने , बोल्ने, विद्यालय गएर पढ्ने र माया पाउने अधिकार हुन्छ भन्दै बाल अधिकारका बारेमा बुझाए ।
आमाले लामो श्वास फेर्दै भनिन् – ” बल्ल हजुरले मेरो आँखा खोलिदिनु भयो , अब कहिल्यै पनि बाल अधिकार हनन् गर्दिन “, छोरीलाई अँगालोमा च्याप्दै भनिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

18 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

19 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago