Categories: बाल कथा

मूल्यसूची

श्रीप्रसाद पोखरेल
इटहरी, सुनसरी

“बाबा ! आज नाम लेखाउन जाने है ।” पुर्णेले भन्यो ।
“म आज काममा जानैपर्छ । म भोलि उहिँ आएर नाम लेखाइदिउँला । हुन्न ?”
साँझ पुर्णेले स्कुलबाट फर्केपछि स्कुलको बिल बाबालाई दियो ।
बिलमा, भर्ना शुल्क, स्कुललाई तिर्नुपर्ने सहयोग, किताबकापी र नानीको पोशाकको मूल्य थियो ।
हिजो मात्र बजारमा “शिक्षामा सबैको पहुँच” भन्ने जुलुस देखेको गोफ्ले माइलोलाई आज विद्यालयको बिल देखेर चक्कर लाग्यो । आफू उभिएको जमिन भासिए जस्तो भयो । मुटुको मुल फुटेर आँखाबाट बहन थाल्यो ।
“बाबा ! किन आँसु झारेको ?” पुर्णेले सोध्यो ।
“नानी ! खुसी भएर ।”
“खुसी हुँदा आँसु आउँछ त ?”
“यो वर्ष देखि तिमी स्कुल नजाने । घरैमा पढ्नु अरे ।”
“किन बाबा ?”
“किनकि,…….. तिमी स्कुलकै सबै भन्दा जान्ने विद्यार्थी हौ अरे ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

8 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

9 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago