Categories: कविता

“फागुन र यादहरू”

घनश्याम रेग्मी

फागुनको बतासले सम्झाउँछ धेरै कुरा
जिन्दगीका यादहरू रिलजस्तै घुम्छन् पूरा ।

गुराँसको लालीमाले बालापन सम्झाउँछ
हाँसो ठट्टा जे जे गर्यौँ पूर्वस्मृति गराउँछ ।
उकाली र ओरालीमा गाएका ती गीत भाका
पाखाभरि छरिएका अनगिन्ती हाम्रा कथा । फागुन …

आरु फुल्यो पैँयु फुल्यो पहाडका पाखाभरि
सिमलका फूल फुले तराईका आँखाभरि ।
बग्रेल्ती छन् जीवनका हाम्रा कथा छरिएका
कतातिर थन्क्याउनु हाँसो पीडा भरिएका । फागुन ….

हात लिई होली रङ्ग दली गाला रङ्गीचङ्गी
मेरो हात तिम्रो गाला लोभिएका साथी सँगी
छिर्के हान्दै रङ्ग दल्ने कस्तो तिम्रो बानी थियो
एकै छिन नदेखेमा खोज्ने हाम्रो बानी थियो । फागुन

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

17 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

18 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago