Categories: कविता

“अनाथका कुरा”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ , गुल्मी

उमेर भाे दस वर्ष सडकमा डुल्छु
अनाथकाे जिन्दगीका सबै कुरा खाेल्छु।

टुङ्गो छैन खाने बस्ने सडककाे बास
खाते भनी हेला गर्छन् कस्काे गर्ने आश ?

बाबाआमा छैन काेही टुहुराकाे साथ
खानुपर्छ सडकमा दुनियाँकाे लात।

केटाकेटी ढुङ्गा हान्छन् लुते लाङ्ग्रे देखी
मैले भाेग्या दुःख यहाँ साध्य छैन लेखी।

कबाडीका बस्तु खाेज्छु फाेहरका डङ्गुर
शंका लाग्छ आफैलाई मान्छे हाे कि बङ्गुर ?

झरी लाग्दा ओत छैन जाडो लागे आगाे
कस्ले दिने कपडाको एकसरो धागाे ?

काम गर्छु खलासीकाे सिठी फुक्दै हिड्छु
गरी खान दिन्न पुलिस् देखे लुक्दै हिड्छु।

जुठाभाँडा माझ्छु कैले हाेटलमा बसी
खान दिन्छ साहुजीले चात चिसाे बासी।

सडकमा माग्दै हिड्छु माग्ने थाङ्ने भन्छन्
छि छि काेही भन्छन् यहाँ काेही ढुङ्गा हान्छन्।

स्कुल जान मन लाग्छ कस्ले लगिदिने ?
कापी कलम् लुगाफाटो कस्ले किनिदिने ?

बाल दिवस् आयाे भने हाम्रा कुरा हुन्छन्
अघिपछि हाम्रा कुरा कस्ले यहाँ सुन्छन्।

चुनावमा हिडाउछन् झण्डा बाेकाएर
लगाउन नारा भन्छन् खुबै फकाएर।

साथ दिन्छ कुकुरले सँगै आई सुत्छ
फाेहाेरी छ भन्दै मान्छे घिनाएर थुक्छ।

अनाथकाे लागि काम गर्छाैं भन्छन् काेही
डलरकाे खेती गर्छन् गाेजी भर्छन् काेही।

मानवता भन्ने कुरा किन यहाँ छैन
शंका लाग्छ बुद्ध यहाँ जन्म्या हाे कि हैन ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

20 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

20 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

20 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago