शान्ता शाक्य
धापाखेल ललितपुर

“पख् पख् मैले खोसेर नै छोड्छु।”
“टिपेको पहिला मैले नै हो ,मेरै हुन्छ।”
सायद यस्तै सोचेर होला,आकाशमा दुईटा चील एउटा परेवाका लागि छिनाझपट गरिरहेका थिए। खोसाखोस गर्ने क्रममा एकअर्कालाई ठुँगिरहेका पनि थिए । पछि एउटा निकै थाकेको देखियो। रगताम्मे भएपछि त्यसले छोडिदियो। जसले खोसेको थियो त्यसले त्यो उपभोग गर्नु अगाडि नै पछाडिबाट त्योभन्दा ठूलोले झम्टिहाल्यो। ती दुई बीच संघर्ष चलिरह्यो।


कौसीमा बसेर हामी बाबुछोराले पालैपालो गरी दूरबिनबाट उक्त दृश्य हेरिराखेका थियौँ।
“बाबा कसको जीत हुन्छ?”
जसको शक्ति छ त्यसैले जित्छ। जो कमजोर छ त्यो हार्छ अनि दु:ख पनि पाउँछ।”
“बाबा एउटाले त्यागिदिए त दु:ख पाउँदैनथ्यो नि हगि ?”
“हो बाबु तर आसक्तिमा दु:ख त्यागमा नै सुख हुन्छ भन्ने कुरा मान्छेले त बुझ्दैन भने ती अज्ञानी हिंस्रक पंक्षीहरूलाई के थाहा ?”

सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

21 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago