Categories: बाल कथा

अनिता


नारायण निरौला

अनिताका बाआमाले उनीहरूलाई प्रशस्तै खेल्ने सामाग्रीहरू पनि ल्याइदिएका छन्। मनोरञ्जनका सामाग्रीहरू पनि छन्। टेलिफोन मोबाइल गाडीहरूका साथै क्यारेम्बोर्ड क्युब गीतार मादल बल लुडो कैँची कुर्सी स-साना कप चम्चीहरूका साथै शैक्षिक सामाग्रीहरूमा कापी पेन्सील इरेजर पेन्सिलकटर मार्कर ह्वाइटबोर्ड आदि चित्रबोर्ड आदि प्रशस्तै सामाग्रीहरू उनीहरूसँग छन्। बेलाबेलामा मोबाइल पनि चलाउँछन्। मोबाइलमा पनि टु वान्जा पढ्छन्, मिनिङ्, र्यामहरू सिक्छन्, मधुर गीत भजनहरू जान्दछन्, त्यहीँ चित्र बनाउँछन्। जोडघटाउ गर्छन्। नेपाली हिन्दी र अंग्रेजीका बालगीत र कविताका साथै नाच्न पनि सिक्दैछन्। अङ्ग्रेजी वर्डका टिमहरू अभ्यास गर्दछन्। अनीहरूलाई बाआमाले खेल्ने खाने पढ्ने लेख्ने घुम्ने नाच्ने अलग्-अलग् दिनुहुन्छ। विद्यालयबाट आएपछि हातमुख धोएर खाजा खाएपछि गृहकार्य गर्न लगाउनु हुन्छ। त्यसपछि उनीहरू खेल्ने चित्र बनाउने आदि काम गर्दछन्। बिहान उठेर अघिल्लो दिन नसकेको गृहकार्य गर्ने र पढ्ने गर्दछन्। उनीहरूलाई बाबाले सेतो बोर्डमा लेख्न र अरुलाई बढाउन लगाउनु हुन्छ।
त्यसैले अनिता र उसको भाइ जान्ने-बुझ्ने छन्। सोधेको कुराको राम्रो उत्तर दिन्छन्। राम्रो अक्षर लेख्छन्। गुरु र गुरुआमालाई आदर गर्छन्। वहाँहरूले भनेको मान्छन्। सधैँ नमस्कार गर्छन्। सफा लुगा लगाउँछन्। फोहोर ठाउँमा खेल्दैनन्। गुरु र गुरुआमाले पढाउँदा बुझेनन् भने नडराइ र नलजाइकन सोद्धछन्। नबुझीकन बुझेँ भन्दैनन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

9 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

9 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago